coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगर – चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना६ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। 

इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शवपरीक्षणका लागि अस्पतालमै राखिएको छ । दुर्घटनाका ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिईएको चितवन प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: २० मंसिर २०७४ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App