७ वैशाख २०८१ शुक्रबार
समाज

पत्‍नीको हत्या गर्ने पति जेल चलान

खोटाङ– खोटाङमा खुकुरी प्रहार गरेर पत्नीको हत्या गर्ने पति जेल चलान भएका छन् । घरायसी विवादका क्रममा ४२ वर्षीय पत्नी राजमायाँ राईको हत्या गर्ने रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राई सोमबार कारागार चलान भएका हुन् ।

नेर्पा घर भए पनि रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित ससुराली घरमा बस्दै आएका राईले मंसिर ३ गते ससुराली घरमै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला न्यायाधिस किशोर घिमिरेको आदेशमा कारागार चलान गरिएको हो ।

उनले श्रीमतीलाई पछाडिपट्टी घाँटीमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । खुकुरी प्रहारबाट राजमायाँको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुबीच बेला–बेलामा झगडा हुने गरेको स्थानीयको भनाई छ । राई दम्पत्तीका दुई छोरा र एक छोरी छन् ।

 

प्रकाशित: १९ मंसिर २०७४ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App