१५ चैत्र २०८० बिहीबार
समाज

मदिरा विक्रीमा रोक

दाङ– निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै दाङमा मदिरा विक्री बितरणमा रोक लगाइएको छ । स्थनीय प्रशासनले शुक्रबारदेखि मतदान सम्पन्न नहोउन्जेलसम्म मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार मंसिर २१ ग्ते मतदान भएपछि त्यसको भोलीपल्टदेखि मात्रै मदिरा बिक्री वितरण गर्न दिइने छ ।
‘मदिरा सेवनका कारण निर्वाचन सुरक्षामा चुनौती आउने भएकाले सेवनसँगै विक्री वितरणमा समेत रोक लगाएका हौँ,’उनले भने ‘यो अवधिमा मदिरा सेवन तथा विक्री वितरण गर्ने जोकसैलाई पनि कारबाही गरिने छ ।’

मदिरा विक्री वितरणको लाइसेन्स प्राप्त गरेको भन्दै कोही पनि छुट्न नपाउने भन्दै श्रेष्ठले निर्वाचन अवधिभर लाइसेन्स निलम्बन भए सरह रहेको पनि उनले बताए । 

प्रकाशित: १४ मंसिर २०७४ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App