६ वैशाख २०८१ बिहीबार
समाज

चितवनको चुम्लिङटारमा बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु, ९ घाइते

काठमाडौँ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने ९ जना घाइते भएका छन्।

चितवन प्रहरीका अनुसार काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस आज विहान सवा ९ बजे इच्छाकामना गाउँपालिका ३ मा सडकबाट त्रिशुली नदीमा खसेको हो।

दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

प्रकाशित: १३ मंसिर २०७४ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App