coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विष्फोटक सामग्री सहित एक पक्राउ

सर्लाही- सर्लाही प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री सहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाकै बागमती नगरपालिका–९ सुकेखोलाबाट सोही नगरपालिकाको वडा नं. ११ निवासी ५३ वर्षीय मानबहादुर वाईबा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतले जनायो। जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिपुरको विशेष संयुक्त टोलीले वाईबालाई नियन्त्रणमा लिएको बताईएको छ।

वाईबाको साथबाट विष्फोटक सामग्री बनाउन प्रयोग हुने डेटोनेटर, ९ भोल्टको ब्याट्री, वायर कटर, फ्यूज वायर, मल्टी मिटर लगायत बरामद् भएको छ । प्रहरी गस्ती टोलीलाई देख्ने वितिकै साथमा भएको झोला फालेर भागेपछि सुरक्षाकर्मीले लखेटेरै मंगलबार बिहान ८ बजे वाईबालाई नियन्त्रणमा लिएका हुन् । उनीसँगै रहेका अर्का एकजना भने फरार भएको प्रहरी स्रोतले जनायो । प्रहरी नियन्त्रणमा परेका वाईबा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता रहेको र निर्वाचन विथोल्ने अभियानमा सकृय रहेको प्रहरीले अनुमान गरेको छ।

प्रहरी उपरीक्षक मसाउद आलम खाँले विष्फोटन सामग्री सहित एकजना पक्राउ परेको उल्लेख गर्दै अनुसन्धान भईरहेकाले विस्तृत विवरण आउन समय लाग्ने जानकारी दिए ।

दुई दिनअघि मात्र सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगंज स्थित पशुपंक्षी विकास राज्य मन्त्री शम्भुलाल श्रेष्ठको घर कम्पाउण्डमा अज्ञात समूहले विष्फोट गराएको थियो।

प्रकाशित: १२ मंसिर २०७४ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App