coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एमाले पार्टी कार्यालय नजिकै बम विस्फोट

कास्की- पोखरा लेखनाथ ९ नयाँ बजार स्थित एमाले पार्टी कार्यालय नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ। बम विस्फोट हुँदा आसपासका घरहरुको सटर कुच्चिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घटनाको पुष्टि गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सेतो गाडीमा आएको एक समुहले उक्त विस्फोटक पदार्थ भुईंमा राख्नासाथ पड्किएको थियो। घटना कसले र किन गर्‍यो भन्नेबारे कुनै जानकारी आएको छैन् । उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

साँझ ६:४५ बजेतिर घटेको घटनापछि प्रहरीले सुरक्षा व्यवस्था थप कडाई गरेको छ । पोखराका सबै चोकचोकमा प्रहरीले गस्ती बढाएको छ भने सवारी जाँचलाई तीव्रता दिएको छ।

प्रकाशित: ८ मंसिर २०७४ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App