१६ चैत्र २०८० शुक्रबार
समाज

अफिम र गाँजा सहित तीन प्रक्राउ

गणेश बिक

रुकुम- अफिम र गाँजा सहित प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ। मुसीकोट नगरपालिका वडा नं. ८ साँखका ३८ वर्षिय हिमवहादुर पाण्डे र सोही नगरपालिका वडा नं. ७ का २३ वर्षिय कमल र विजय रातवलाई प्रक्राउ गरेको हो।

पाण्डेलाई १७ केजी अफिम र एक नाल भरुवा बन्दुक सहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ऋिषिकुमार ढुंगानाले जानकारी दिए । पाण्डेलाई उनको घरवाटै प्रक्राउ गरिएको हो । प्रहरीले २०७३ मंसीर १५ गते ३० केजी अफिम अफिम बरामद गरेको थियो । अभियुक्त फरार थिए । पाण्डे उनै अभियुक्त भएको प्रहरीको भनाई छ । यता रावतलाई गाँजा घर वसार पसार पार्दै गर्दा साँख बजारवाट प्रक्राउ गरिएको प्रहरी निरीक्षक समेत रहेका ढुंगानाले जानकारी दिए । उनीहरुवाट ९० केजी गाँजा समेत बरामद गरिएको छ । रावतलाई लागु औषध नियन्त्रण २०३३ अनुसार मुद्दा चलाइने हुने र पाण्डेलाई हातहतियार तथा खरखजना २०१९ बमोजिम मुद्दा चलाईने प्रहरीले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७४ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App