coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जीप दुर्घटनामा एकको मृत्यु, छ जना गम्भीर घाइते

गुल्मी– बुधबार राति रेसुङ्गा नगपालिका ४ अर्खलेमा भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । मलामी वोकर फर्कदै गरेको लु १ ज १५२१ नम्बरको जिप दुर्घटना हुदाँ कपिलवस्तु वाणगगाँ ८ का ५५ वर्षीय रुद्र बहादुर ढेगाको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा अन्य ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरुमा रेसुङ्गा नगरपालिका ४ का सन्तोष पाण्डे, धुर्व मरासिनी, मोहन विक्रम थापा, देवराज पाण्डे, देव बहादुर वस्याल र चालक धुर्कोट गाउँपालिका १ का आत्मराम राना रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुको लुम्बिनी मेडिकल कलेज परवास पाल्पामा उपचार भइरहेको छ । त्यस्तै अन्य ४ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए । जीप सडकबाट १ सय मिटर तल खसेको छ ।

 

प्रकाशित: ३० कार्तिक २०७४ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App