१६ चैत्र २०८० शुक्रबार
समाज

बाम गठबन्धन राणा र पञ्चायत शासनभन्दा खतरनाकः प्रधानमन्त्री देउवा

टीकापुर, कात्तिक २९ – प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धन राणा शासन र पञ्चायत शासनभन्दा खतरनाक रहेको आरोप लगाएका छन । बुधबार कैलालीको लम्कीमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीले एक दलीय अधिनायकवाद लाद्न खोजेको बताए ।

उनले मुलुक महत्वपूर्ण मोडमा उभिएको बताउँदै आगामी चुनावमा लोकतन्त्र रोज्ने वा एकदलीय अधिनायकवाद रोज्ने जिम्मा जनताको हातमा रहेको जानकारी गराएका छन् । ‘कांग्रेस मनपर्छ वा मन पर्दैन भन्ने कुरा गौण हो । व्यक्तिको स्वतन्त्रताका लागि लोकतन्त्रका पक्षमा उभिन अाग्रह गर्न चाहन्छु,'उनले भने ।

कांग्रेस सभापति समेत रहेका देउवाले सबै जातजाति, समुदाय, क्षेत्र र वर्गको हक अधिकार स्थापित गर्नका लागि आफ्नो पार्टी सदैव प्रतिवद्ध रहेको बताए । सो अवसरमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कांग्रेस केन्द्रिय सदस्य इश्वरी न्यौपाने, क्षेत्र नम्बर २ का उम्मेदवार मोहनसिँह राठौर, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरी लगायतले बोलेका थिए ।

 

प्रकाशित: २९ कार्तिक २०७४ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App