५ वैशाख २०८१ बुधबार
समाज

गौचन हत्यामा संलग्नहरु पक्राउ, प्रहरीले ३ बजे सार्वजनिक गर्दै

काठमाडौं- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज दिउँसो ३ बजे पुलिस क्लबमा संलग्नहरुलाई सार्वजनिक गर्दैछ। महाानगरी प्रहरी प्रमुख जयबहादुर चन्दले पक्राउको पुष्टि गरेका छन्। उनले पक्राउ क्रम जारी रहेकाले सबै विवरण पत्रकार सम्मेलनमार्फत् गरिने बताए।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। गोलीबाट घाइते बनेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। 

पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।

मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए।

प्रकाशित: २८ कार्तिक २०७४ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App