१५ चैत्र २०८० बिहीबार
समाज

एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट- तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ । 

समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । 
गएराति एम्बुलेन्स दुर्घटना भएर सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । 
एम्बुलेन्स दुर्घटनालगत्तै उद्धारका लागि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगे पनि एम्बुलेन्सका अन्य व्यक्ति सम्पर्कविहीन भएका छन् । एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । एम्बुलेन्सका चालक को थिए भन्नेसमेत खुल्न बाँकी छ । 
दुर्घटनापछि एम्बुलेन्स सञ्चालन गर्ने संस्था कान्तिपुर डेन्टल जनरल हस्पिटललाई जानकारी गराएकाले त्यहाँबाट प्रतिनिधि आएपछि थप जानकारी खुल्ने प्रहरीले जनाएको छ । 
काठमाडौँमा सञ्चालनमा रहेको एम्बुलेन्स नुवाकोटको समुन्द्रटारमा शिविर सञ्चालनको अध्ययन गर्न वा शैक्षिक प्रचार कुन उद्देश्यले आएको हो भन्ने खुल्न बाँकी छ ।

प्रकाशित: २१ कार्तिक २०७४ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App