coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन दिन अघि हराएका युवा मृत भेटिए

गौशाला- तीन दिनदेखि हराइरहेका महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका-७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादव मृत भेटिएका छन्को । 

कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलास गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका-११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बताए । 

युवकको अनुहारको विभिन्न भाग र नाकबाट रगत बगेको तथा शरीरभरी निल डामका साथै घाँटी थिची मारिएको अवस्थामा शव फेला परेको पाेखरेलले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको, हत्यामा संलग्न रहेको आशंकमा दुई जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

प्रकाशित: २० कार्तिक २०७४ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App