७ वैशाख २०८१ शुक्रबार
समाज

डोटीमा जिप दुर्घटना हुँदा ३ को मृत्यु, ११ जना घाइते

डोटी – डोटीको केआई सिंह गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। 

केआई सिंह गाउँपालिका तिखात्तरबाटदिपाइलतर्फ आइरहेको से १ ज २६५ नम्बरको बोलेरो जिप सोही गाउँपालिका वडा नम्बर ३ देउरडीमा दुर्घटना हुँदा चालक खेमराज ओझासहित तीन जनाको मृत्यु भएको हो ।दुर्घटना परी ज्यान गुमाएका अन्य २ जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा  घाइते भएका ११ जनाको दिपायल शैलेश्वरी पोलीक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

दुर्घटनाको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित: १८ कार्तिक २०७४ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App