१६ चैत्र २०८० शुक्रबार
समाज

पिकनिक खाएर फर्किँदै गरेको जीप दुर्घटना, दुईको मृत्यु

सुर्खेत– पिकनिक खाएर फर्किँदै गरेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

बिहान सुर्खेतबाट कुपिण्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जीप फर्कने क्रममा बेलुका चार बजेतिर दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यका अनुसार चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ कि ३५ वर्षीय धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

जीपमा सवार मध्ये १७ जना घाइते छन् । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट एक सय २० मिटर तल खसेको प्रहरीको भनाई छ । 

प्रकाशित: १५ कार्तिक २०७४ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App