१६ चैत्र २०८० शुक्रबार
समाज

शारीरिक सम्बन्धको पोल खुल्ने डरले बालकको हत्या, आरोपित यूवतीले हिरासतमै गरिन् आत्महत्या

मिर्चैया(सिरहा)- कार्तिक ५ गत्ते भएको सिरहा कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या अरोपितलाई आईतबार सिरहा प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपमा प्रहरीले सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादव र धनुषा धनौजीकट्टी –५ का सञ्जय कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत मृतक भवेशले भैंसी चराउन गएका प्रियंका र सञ्जयकुमारबीच नर्सरीमा शारीरिक सम्बन्ध देखेपछि हल्ला हुने डरले योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोईरालाले बताए।

हत्या अनुसन्धानको क्रममा आरोपितले प्रहरी समक्ष हत्याको योजनाबारे खुलाएको तथ्य उल्लेख गर्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्ष गजुरसिद्धि बज्राचार्यले भने, 'वयानमा कात्तिक १ गते भैँसी चराउने क्रममा प्रियंका र सञ्जयबीचको शारीरिक सम्बन्ध भवेशले देखेपछि पोल खुल्ने डरले प्रियंका र सञ्जयले हत्या योजना बनाए’ इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक गजुरसिद्धि बज्राचार्यले पत्रकार सम्मेलनमा भने ‘योजनाअनुसारै बालकलाई पटाखाको लोभमा बोलाएर  खुकुरी प्रहार गरी हत्या गरेका थिए।’

कात्तिक ३ गते प्रहरीसमक्ष हराईरहेका बालक भवेशलाई  खोजतलासका गरिदिन परिवारजनले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले घटनाअनुसन्धान गर्दै जाँदा कर्जन्हा–२ स्थित नर्सरीको घारीमा लगेर खुकुरीले घाँटी रेटेर हत्या गरिएको अवस्थामा भवेशको शव कार्तिक ५ गते फेला परेको थियो।

भवेशको हत्याको कारक आरोपितबीचको अनैतिक सम्बन्धको पोल खुल्ने डर नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्यामाका आरोपित प्रियंका मृतक भवेशका ठूलो बुवाका छोरी हुन् । अर्का आरोपित सञ्जय सोही गाउँका मामा नवीनकुमार साहको घरमा बस्दै आएका थिए । भवेशको हत्या भएको शव फेला परे लगतैदेखि प्रदेश २ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले अनुसन्धान थालेको थियो ।

आरोपित यूवतीको हिरासतमै आत्महत्या

बालक भवेश यादवको हत्या आरोपमा पक्राउ परेकी सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादवले आईतबार दिउँसो ईलाका प्रहरी कार्यालय विष्णुपुरको हिरासत कक्षको बाथरुममा आत्महत्या गरेकी छिन्।

सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार दिउँसो कर्तब्य ज्यान मुद्दामा म्याद थप गराएर विष्णुपुर प्रहरी कार्यालयको हिरासत कक्षमा रहेकी प्रियंका सेन्ट्रीलाई भनेर नुहाउन बाथरुम छिरेकी थिईन। धेरै बेरसम्म बाथरुमबाट उनी ननिस्किएपछि खोजी गर्दा बाल्टिनलाई घोप्ट्याएर त्यसमाथी चढी सल(ओड्ने)ले बाथरुमको भेन्टीलेसनको ग्रिलमा झुण्डिएर मृत अवस्थामा भेटिएको कोईरालाले बताए। कोईरालालाका अनुसार मिर्चैया प्रहरी कार्यालयमा महिला थुनुवा अटाउने ठाउँ नभएपछि प्रियंकालाई विष्णुपुरस्थित प्रहरी हिरासतमा लगिएको थियो।

प्रकाशित: १२ कार्तिक २०७४ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App