८ वैशाख २०८१ शनिबार
समाज

अपडेट : त्रिशुली नदीमा बस खस्दा १० को मृत्यु, १६ को उद्धार

राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस दुर्घटनापश्चात उद्धार गर्दै प्रहरी तथा नेपाली सेनाकाे टाेली । तस्बिर ः नागरिक

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट  त्रिशुली नदीमा बस खस्दा १० जनाको मृत्यु भएको छ। 

मृतक मध्ये ७ जना पुरुष र ३ जना महिला रहेको धादिङको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए। मृतकको सनाखत भने हुन सकेको छैन्। 

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो। 

दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरू मध्ये २ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। 

 

 

प्रकाशित: ११ कार्तिक २०७४ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App