२८ असार २०७७ आइतबार
समाज

मलेसिया बस दुर्घटनामा तीन नेपाली घाइते : नेपाली दूतावास

काठमाडौं—मलेसियाको पेनाङस्थित जुरु टोल प्लाजामा मंगलबार ८ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनामा तीन नेपाली परेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। मृत्यु हुनेमा ७ इन्डोनेसियाली र एक मलेसियन नागरिक थिए।

‘घटनामा तीन जना नेपाली महिला कामदारहरु घाइते भएको बुझिएकोमा निजहरुको नाम, ठेगाना पत्ता लगाउने प्रयास भइरहेको छ’, दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ। पेनाङमा नेपालका लागि अवैतनिक वाणिज्यदूत पनि कार्यरत छन्। नेपाली अवैतनिक वाणिज्यदूत दातुक हुवान चेङगुङकाअनुसार  घटनामा नेपालीहरुको मृत्यु नभएको पाइएको हो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App