१५ चैत्र २०८० बिहीबार
समाज

रुकुममा जिप दुर्घटना हुँदा १२ घाइते


रुकुम –रुकुम (पश्चिम) को बाँफिकोट गाउँपालिका वडा नं. ४ लोछावाङमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएको छन् । सदरमुकाम मुसीकोट खलंगाबाट आठविसकोट नगरपालिकाको राडी बजार जादैं गरेको रा १ ज ५८९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । 

उपचारका लागि घाइतेहरूलाई जिल्ला अस्पताल सल्ले ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । उनका अनुसार घाइतेहरूको नाम खुल्न सकेको छैन्। 

जीप सडकबाट २५ मिटर तल खसेको र के कारणले दुर्घटना भएको हो भन्ने बारेमा विवरण आउँन बाँकी रहेको उनले जानकारी दिए। जीप शुक्रवार मध्यान्ह पौने १२ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जानकारी दिएको छ । साँघुरो बाटो भएका कारण जिप दुर्घटना भएको हुन सक्ने स्थानीयहरूको भनाई छ।

प्रकाशित: ३ कार्तिक २०७४ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App