१३ जेष्ठ २०७७ मंगलबार
समाज

रिक्सा दुर्घटना हुँदा गर्भवतीसहित दुईको अवस्था गम्भीर

हेटौंडा- मकवानपुरगढी गाउँपालिका वडा नं २ गैरी भञ्ज्याङमा आज अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए । 

ना१ह ९३५१ नंको अटो दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ र ५६ वर्षीया वसन्ती बम्जन गम्भीर घाइते हुनुभएको छ । घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 

दुर्घटनामा परी सोही वडाकी २१ वर्षीया बिन्दु बम्जन, २५ वर्र्षीय विजय स्याङ्तान र वडा नं ३ का नाम नखुलेका २८ वर्षीय व्यक्ति सामान्य घाइते भएका छन् । उहाँहरुको चुरे हिल हस्पिटलमा उपचार जारी छ । 

हेटौँडाबाट गइरहेको अटो सडकबाट ४० फिट तर खोल्चामा खसेको थियो । अटोका चालक मकवानपुरगढी– २ का प्रह्लाद घिमिरे हाल फरार रहेका छन् ।

प्रकाशित: ३ कार्तिक २०७४ ०९:०९ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App