coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गुरुकुलबाट दुई बालक बेपत्ता

जितपुर, कपिलवस्तु – गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका छन् । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । गुरुकुलबाट विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् ।

गत वैशाखदेखि विद्यापीठमा अध्ययनरत सागर लगनशील र मेहनती विद्यार्थी थिए । परिवारले बालक खोजी दिनका लागि इलाका प्रहरी कार्यालय, पिपरामा निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

 

प्रकाशित: १ कार्तिक २०७४ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App