८ वैशाख २०८१ शनिबार
समाज

पाँच हजार लिटर अवैध मदिरा नष्ट

पर्वत प्रहरीले संकलन गरेको अबैध घरेलु मदिरा नष्ट गर्दै ।

पर्वत - प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै पाँच हजार लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको मदिरा बिहिबार नष्ट गरेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरेका  नष्ट गरेका छाैं,' उनले भने ।


उनकाअनुसार मोदी गाउँपालिकाको पातिचौर, डिमुवा, आम्बोट, कुश्मा नगरपालिकाको बडागाउँ, बजार क्षेत्र, जलजला गाउँपालिकाको वारीबेनी, मिलनचोकलगायतका ठाउँबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएको थियो । चाडपर्वको समयमा पर्वतमा सबैभन्दा बढी घरेलु मदिरा खपत हुने गरेको छ ।

प्रहरीले विगतका वर्षमा चाडपर्वको समयमा ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ । यसैगरी प्रहरीले अबैध रुपमा मदिरा उत्पादन गर्दै आएको दुई दर्जन घरमा लुकाई राखेको अवस्थामा एक सय ड्रम भन्दा बढी कच्चा पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको घिमिरेले जानकारी दिए ।
 

प्रकाशित: २६ आश्विन २०७४ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App