coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बैतडी दोगडाकेदार—४ का वडाध्यक्षको मृत्यु

बैतडी-  बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको बिष्टको मंगलबार मृत्यु भएको छ । वडाध्यक्ष बिष्टलाई शुक्रबार एक्कासी ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिए ।

' वडाध्यक्ष मानबहादुरको बिष्टलाई योभन्दा कुनै किसिमकाे राे थिएन् । एक्कासी ज्वराे अाएकाे कारण मृत्यु हुन पुग्याे,'उनले भने । दोगडाकेदार गाउँ कार्यपालिकाका प्रवक्ता समेत रहनुभएका ५२ वर्षीय बिष्टका श्रीमती र दुई छोरा रहेका छन् । विष्ट नेकपा (एमाले)बाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थियो ।

प्रकाशित: २५ आश्विन २०७४ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App