१५ चैत्र २०८० बिहीबार
समाज

लागु औषध सहित चार जना पक्राउ

भैरहवा - रुपन्देही प्रहरीले ठूलो परिमाणको लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको रोहीणी गाउँपालिकाबाट लागु औषध खरिद बिक्री तथा तस्करी हुँदै गर्दा राधेश्याम यादव, गुलाव चन्द शाहनी, अन्तिम गुरुङ र अञ्जु गुरुङ  पक्राउ परेका छन् । प्रहरीले उनीहरको साथबाट दुर्इ हजार १ सय थान डाइजेपाम, फेनारगन र नुफिन बरामद गरेको छ ।
अन्जु गुरुङ, गुलाबचन्द सहानी र अन्तिम गुरुङले मोटरसाइकलबाट ल्याउदै गरको दुर्इ सय २५ थान सिसी र राधेश्याम यादवको घरबाट १८ सय ७५ थान सिसी डाईजेपाम, फेनरागन र नुफिन बरामद गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २० हजार नगद समेत बरामद गरेको छ । यादवको साथबाट एक लाख ३८ हजार नगद र लागु औषध तस्करीमा प्रयोग भएको लु २८ प १२६१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको थियाे ।

 

प्रकाशित: २४ आश्विन २०७४ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App