७ वैशाख २०८१ शुक्रबार
समाज

युवती अपरहणमा संलग्न ६ पक्राउ

भैरवहा - दुइ साताअघि युवती अपहरण गरी फिरौती माग्ने ६ जनालार्इ पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।  युवती अपहरण गरेर दुइ करोड फिरौती माग्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालार्इ पक्राउ गरी आवश्यक अनुशन्धान अगाडी बढाएको छ ।

पक्राउ पर्नेमा राजीव सुनारी मगर,  प्रकाश भुसाल, अनमोलजगं राणा, दिपक नेपाली, डम्बर बहादुर राना र लालु पुन छन् । उनीहरुले असोज २ मा सैनामैनाकी २१ वर्षीय रेखा भुसाललार्इ अपरहण गरी उनका परिवारसँग दुर्इ करोड फिरौती रकम मागेका थिए । बुटवलमा बस कुरीरहेका बेला बा १५ च ६६९७ नम्बर टाँसिएको रातो कारमा आएका अपहरणकारीले जबरजस्ती युवतीलार्इ राखिएकाे थियाे । अपरहणकारीहरुले लु १ ज ३४३६ नम्बरको कारमा नम्बर परिर्वतन गरी बा १५ च ६६९७ नम्बर टाँसेर चलाखी गर्न खोजेको प्रहरीले जनाएको छ ।
अपहरणको जानकारी पाए लगत्तै प्रहरीले खोजतलास तिब्र पारेर ठाँउठाँउमा टोली खटाएसंगै अपरणकारीले  युवतीलाइ तिलोत्तमा नगरपालिको कान्छि बजारमा छोडेर भागेका थिए । प्रहरी टोलीले उनलाइ  सेमराबाट सोही दिन दिउँसो उद्यार गरेको थियो । अभियुक्तहरुले देवदहस्थित एक घरमा डेरा लिएर युवतीलाइ बन्दक बनाइ राख्ने र फिरौती रकम असुल्ने योजना अनुरुप अपरहण गरीएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । युवती अपरहणमा प्रयोग भएको लु १ ज ३४३६ नम्बरको मारुती कार, खुकुरी, चक्कु, मोवाइल, साइकल, तन्ना लगायतका सामान पनि बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता पाण्डेले बताए ।

प्रकाशित: २४ आश्विन २०७४ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App