७ वैशाख २०८१ शुक्रबार
समाज

हत्या र अपहरणमा संलग्न ९ जना पक्राउ

भैरहवा-  रुपन्देहीमा एकसाताको अवधीमा व्यक्ति हत्या र अपहरणमा संलग्न नाैं जना पक्राउ परेका छन् । रुपन्देही प्रहरीले एक साताको अवधीमा २० वर्ष अघि हत्या गरेर फरार अभियुक्त सहित नाैं जनालाइ पक्राउ गरेको हो ।

२०५४ सालमा आफनै छिमेकीलाइ गोली हानेर हत्या गरी फरार भएका तत्कालिन मक्रहर गाविस तथा हालको तिलोत्तमा ७ कान्छिबजारका मानबहादुर थारुलार्इ इलाका प्रहरी कार्यालय बुटवलको टोलीले गत बुधबार पक्राउ गरेको हो । थारुले २०५४ को मंसिरमा २६ वर्षीय रुदल यादवलाइ गोली हानी हत्या गरेका थिए । दसैंको मौका छोपी घरमा आएका बेला थारुलाइ प्रहरीले कान्छि बजारबाट पक्राउ गरेको हो ।

प्रकाशित: २४ आश्विन २०७४ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App