१५ चैत्र २०८० बिहीबार
समाज

माछा मार्न गएका बालकलाई खोलाले बगायो

म्याग्दी –म्याग्दी खोलामा माछा मार्न गएका एक बालक खोलाले बगाएको छ । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । 


स्थानीयबासीका अनुसार सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसँग खोलाले बगाएपनि अर्का बालक पौडी खेलेर बाहिर आएको थिए । ‘खोलाले बगाएको बालकको खोजी कार्य भइरहेको छ । दसैं लगत्तै परेको पानीले गर्दा म्याग्दी र कालिखोलाको सतह घटेको छैन् । यसले गर्दा खोजी कार्य प्रभावित बनेको छ,’ प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले भनिन् ।

प्रकाशित: २३ आश्विन २०७४ १६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App