coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विद्युत चोरी गर्ने ३० जना पक्राउ

राजविराज –विद्युत चोरी नियन्त्रण अभियान अन्तर्गत सप्तरीका विभिन्न शहरी तथा ग्रामीण भेगमा पाँच दिन लगातार गरिएको अनुगमनमा ३० जनालाई पक्राउ गरिएको छ । 
नेपाल विद्युत प्राधिकरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानका खम्बाबाट विद्युत चोरी गर्ने ३० जनालाई पक्राउ गरेर विद्युत ऐना अन्तर्गतको कारवाही गरिएको जानकारी केन्द्रका प्रमुख चन्द्रनारायण साहले दिए । पक्राउ परेकाबाट २४ थान पानी तान्ने मोटर र आठ थान टिभीसमेत बरामद गरिएको छ । 

प्रकाशित: २३ आश्विन २०७४ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App