coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा २७ जनामा डेंगु संक्रमण

धादिङ- धादिङमा दुई सातादेखि डेंगु रोगको संक्रमण भेटिएको छ । दुई साताअघि जिल्ला अस्पताल धादिङमा जँचाउन आएका तीन जनामा संक्रमण भेटिएको थियो । जिल्ला अस्पताल धादिङबेसी र स्थानीय नीजी क्लिनिकमा परीक्षणका लागि आएका बिरामी मध्ये २७ जनामा डेंगुको संक्रमण भेटिएको जिल्ला अस्पताल धादिङले जनाएको छ । दिनानुदिन संक्रमणको संख्या बढ्दै जाँदा स्थानीय क्रसित बनेका छन् । खासगरी सदरमुकाम आसपासका क्षेत्रमा संक्रमणको संख्या बढ्दो छ ।
    अस्पतालका मेडिकल सुपरिटेन्डट गौरव महतोका अनुसार अस्पतालमा जाँच गर्न आएकामध्ये दिनमा तीन जना जतिलाई डेंगुको संक्रमण हुने गरेको बताए । उनले भने, ‘डेंगु रोगको संक्रमण दिनानुदिन बढ्दै गएकाले डेंगुको लार्भा खोजेर नष्ट गर्नु नै अहिले नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो ।’
    स्थानीय समुदायलाई सचेत पार्न तथा रोगको अवस्था अध्ययनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली धादिङ आइपुगेको छ । टोलीले नीलकण्ठ नगरपालिकाको २२ सय घरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, टोलसुधार समितिलगायतको टोली पुगेर अवस्था अध्ययन गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा रोग नियन्त्रणका लागि टोलीले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्न थालेका छन् ।
    डेङ्गु रोग नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय धादिङले ‘खोजेर नष्ट गर’ अभियान संचालन गरेको छ । स्थानीय युवाहरूले पनि सचेतनामूलक कार्यक्रम संचालन गरिरहेका छन् । आ–आफ्नो टोलमा लामखुट्टे नास गर्नका लागि सरसफाइ गर्ने मात्र होइन औषधि छर्ने कामसमेत आफैंले गरेका छन् ।  एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सो रोग धादिङमा कहाँबाट आएको हो भन्ने कुराको थप अनुसन्धान भइरहेको जिल्ला अस्पताल धादिङले जनाएको छ । बजार क्षेत्रमा डेङ्गु रोगको संक्रमण भेटेपछि बजारवासी आतंकित बनेका छन् ।
    घटस्थापनादेखि बिरामी भएर थला परेकी उनी फूलपातीको अघिल्लो दिन काठमाडौंमा जचाउँन गएका थिए । उपचारका क्रममा उनीमा डेंगु रोगको संक्रमण भेटिएको थियो । अझै पनि निको भएको छैन । ज्यान सिथिल हुने, खान मन नलाग्ने हुने गएको उनको भनाइ छ ।  
    डेंगु सार्ने लामखुट्टेले कुनै पनि भाँडा, टायर, टिनको बट्टा र प्लास्टिकका टुक्रामा जमेको पानीमा लार्भा हुर्काउँछ, त्यसैले यस्ता भाँडामा पानी जम्न दिन नहुने उनको भनाइ छ । डेंगुको उपचार अहिलेसम्म पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने उनको भनाइ छ । सामान्यतया बढी ज्वरो आउने टाउको दुख्ने, बिरामी हुने, ज्यान दुख्ने यसका मुख्य लक्षण हुन् । रोग निको पार्न आराम गर्ने, झोलिलो पदार्थ पिउने, चिकित्सकको निगरानीमा औषधि लिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
    अहिले जिल्ला अस्पतालमा शंकास्पद बिरामीको चाप पनि अत्याधिक बढेको छ । खासगरी ज्वारे आएर उपचारका लागि अस्पतालमा आउने गरेका छन् । धेरैजसो बिरामी रोगको शंका लाग्नसाथ काठमाडांैका अस्पतालमा उपचारका लागि जाने गरेका छन् ।
   नगरपालिकाले फोहरको उचित व्यवस्थापन गर्ने नगरेकाले पनि लामखुट्टेको संक्रमण बढ्दै गएको स्थानीय बताउँछन् । धादिङमा डेङ्गु रोग नियन्त्रण भन्दा बाहिर रहेकाले स्थानीयलाई आफ्नो घरआँगन सफा राख्न, पानी जम्ने खाल्डाखुल्डी नाराख्न र पानी जमेको स्थान भए मिलेसम्म पुर्न आग्रह गरेको छ ।

प्रकाशित: २० आश्विन २०७४ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App