२६ असार २०७७ शुक्रबार
समाज

सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल, असोज १५ – अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ । राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब साढे ११ बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 
सडक अवरुद्ध हुँदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन् भने दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन बुटवल तथा पाल्पाबाट दुईतर्फ डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । 
केही दिन पहिले पनि सोही नजिकै माथिबाट खसेको ढुङ्गा पहिराले एउटा ट्रक र कारलाई च्याप्दा तीन जनाको ज्यान गएको थियो । 
 

प्रकाशित: १५ आश्विन २०७४ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App