coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याम्पू दुर्घटना हुँदा एकको मृत्यु

उर्लाबारी (मोरङ)—मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको को १ ह ९७२५ नम्बरको अटो ट्याम्पु आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार उर्लाबारी–२ का १८ वर्षीय ग्यालजङ तामाङको मृत्यु भएको हो ।

राति ९:३० बजे भएको दुर्घटनामा परेर गम्भीर घाईते तामाङको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा ९:५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए।

दुर्घटनामा ट्याम्पुमा सवार सोही ठाउँका १८ वर्षीय सुशन ओझा, २१ वर्षीय सुजन ढकाल र २१ वर्षकै प्रशान्त अधिकारी घाइते भएकाले उनीहरुको अरनिको अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनापछि ट्याम्पु चालक उर्लाबारी–३ का ४८ वर्षीय भीमराज खड्का फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७४ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App