३१ असार २०७७ बुधबार
समाज

रौतहटमा अपराध बढ्यो, दश दिनमा ३ को हत्या

रौतहट— तेस्रो चरणको स्थानीय तहको निर्वाचन कडा सुरक्षाघेरा बीच शान्तिपूर्वक सम्पन्न भएपश्चात पछिल्लो दश दिनदेखि रौतहट जिल्लामा अपराधिक घटनामा त्यतिकै वृद्धि भएको पाइएको छ। जिल्लामा पछिल्लो दश दिन यता ३ जनाको हत्या, दर्जन ठाउमा झडप, मारपिट, जिल्लाका मुख्य बजारहरुमा चोरी लयायतका समाजिक घटनामा वृद्धि हुँदै गएपनि स्थानीय प्रशासनले नियन्त्रणको साटो प्रहरी सुरक्षा ब्यारेक भित्रै सिमित भएर गस्ती पेट्रोलिङ्ग नगरेको कारण अपराधिक घटनामा वृद्धि भएको देखिएको हो।
 
शुक्रवार राति मौलापुर नगरपालिका–५ मा चिरान मिल सञ्चालन गर्दै आएका चन्द्रपुर नगरपालिका–१० बडेरवाटोल निबासी ४० बर्षिय बीरेन्द्र साहको हत्या भएको छ। मिल छेउमै खुल्ला आकास मुनि झुल लगाएर सुतेका साहको टाउकोमा भाला घोपेर अज्ञात समुहले हत्या गरेको छ। घटना प्रकृति हेर्दा ब्यक्तिगत रिसबीको कारण हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

स्थानीय परोहा नगरपालिका–२ जिगडवा वेलविछवाका नेपाली काँग्रेसका वडा अध्यक्षका पराजित उमेदवार मौलाना सेराजुदिनका छोरा २५ बर्षिय अक्बर भनिने मोहम्मद अब्बु स्वयवको गत ९ गते विहान साढे तिनवजे हत्या भएको थियो । यस्तै गत ३ गते कटहरिया नगरपालिका वडा नम्बर ३ बलुवाटोलमा वादविवाद भएर दुई पक्षबीच झडप हुदा ४५ वर्षीय रामपुकार यादबको हत्या भएको छ। तीनवटा गम्भीर प्रकृतिका अपराधिक घटना भए पनि प्रहरीले उक्त घटनाका दोषीहरुलाई हालसम्म पक्राउ गर्न नसकेपछि सुरक्षा सम्यन्त्र माथि नै ठुलो पश्न चिन्ह खडा भएको हो।

जिल्लाको गढिमाई नगरपालिकाको मलाहि, गरुडा नगरपालिकाको गरुडा, शिवनगर, गौर लगायतका बजारहरुमा सञ्चालित पसलहरुमा समेत चोरीको घटनामा बृद्धि हुदै गएको छ। गरुडा बजारको आयुषमान ट्रेडर्समा प्रहरीको आँखै अगाडिबाट लाखौको चोरी भएको छ।

गरुडा बजारको सुरक्षामा खटिएको प्रहरी ड्उटीको सय मिटर पूर्व चोरहरुको समुहले एलइडि २१ वटा, १५० वटा मोवाइल, साउण्ड बक्स लगाउतका माल समान गरी करिब साढे १३ लाख मुल्य बराबरको चोरी भएको छ। पसलमा प्रहरीको कमजोरीले यस्तो ठूलो परिमाणको चोरी भएको भन्दै स्थानीयले बिहीबार करिब पाँच घण्टा चक्काजाम गरेपछि प्रमुख जिल्ला अधिकारी, एसपी यज्ञ विनोद पोखरेल लगायतका सुरक्षाप्रमुखले ड्युटीमा खटिएका कर्मचारीलाई कडा कारवाही गर्ने र चोरलाई एक हप्ता भित्र पक्राउ गर्ने प्रतिवद्धतापछि व्यापारीहरुले आन्दोलन फिर्ता लिएका थिए। आज चारदिन वितेपनि चोर हालसम्म पता लगाउन सकेको छैन।

यस्तै जिल्लाको हरषाहा, विश्रामपुर, गम्हरीयापर्सा, नरकटिया लगायतका गाउहरुमा चुनावको विषयलाई लिएर वादविवाद भएर झडपका घटना पश्चात प्रहरी पुग्ने् गरेको देखिएको छ। निर्वाचन सम्पन्न भएपछि जिल्लाका सुरक्षा निकायका प्रमुखले खुशियाली मनाए पनि यसपछिको शान्ति सुरक्षामा ध्यान पुरयाउन नसक्दा पछिल्लो पटक अपराधिक घटनामा वृद्धि हुदै गएको नागरिक समाजका सचिव विजय किशोर झाले बताए।

शान्तिसुरक्षाका लागि सुचना संकलन गर्न भन्दै प्रहरीका युनिटले घुमुवा प्रहरी राखेपनि अपराधिक पता लगाउन नसक्दा अपराध गर्ने व्यक्तिको मनोवल उच्च हुदै गएको कारण घटनामा बृद्धि हुदै गएको  छ। शान्ति सुरक्षाका लागि प्रहरी गस्ती भन्दा पनि घटनाभएपछि मात्रै प्रहरी पुग्ने कार्यले अपराधिक कार्य रोकिन नसकेको स्थानीयको कथन छ।

प्रकाशित: १४ आश्विन २०७४ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App