५ आश्विन २०७७ सोमबार
समाज

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

बनियानी- झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ।

रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १३ प ८०३३ नंको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ।

ठक्कर दिने मोटरसाइकलका चालक मकवानपुर हेटौँडाका ३५ वर्षीय प्रवीण सुवेदी गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार मृतक मदनकी पत्नी ३२ कल्पना रिजाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा नाम, ठेगाना खुल्न नसकेका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

दमक–४ स्थित चिया दोकान भन्ने स्थानमा मे ५ प २७३० नंको मोटरसाइकलले ठक्कर दिँदा करिव ८० वर्षीय ज्येष्ठ नागरिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्करबाट घाइते भएका उनको दमकस्थित निम्स नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका, दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।  ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
 

 

प्रकाशित: १३ आश्विन २०७४ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App