२३ असार २०७७ मंगलबार
समाज

'टुरिष्ट' बस तनहुँमा दुर्घटना भएर उत्तानो पर्यो, १३ घाइते

दुर्घटना भएको बस। तस्विर: पवित्रा सुनार

दमौली(तनहुँ)-तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ढावमा एक यात्रुबाहक बस आज दिउसो दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्।

काठमाडौँबाट स्याङ्जा जाँदै गरेको ना ५ ख ९१४० न.को बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएको हुन्। टुरिष्ट लेखिएको सो दुर्घटना भएर उत्तानो परेको छ। बसमा टुरिष्ट नभएर दशैँमा घर फर्किरहेका नेपाली रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये गम्भीर रहेका काठमाडौँ महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्य सामान्य अवस्थाका १२ घाइतेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७४ १९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App