२६ असार २०७७ शुक्रबार
समाज

रिडी–तम्घास सडक फेरि अवरुद्ध

गुल्मी, असोज १२ – सडकमाथिबाट सुख्खा पहिरो झरेपछि गुल्मीको तम्घास–रिडी सडक फेरि बन्द भएको छ । रेसुंगा नगरपालिका १३ भंगारीमा बुधबार राती धुले पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । तम्घासबाट रिडी, पाल्पा, बुटवल, काठमाडौंलगायत गन्तव्यमा हिँडेका सवारी साधन र दशैं मनाउन घर जाँदै गरेका सयौ यात्रुहरु बाटोमा अलपत्र परेका छन् । 
बिहीवार बिहान पानी परेको कारण पहिरो खसिरहेकाले तत्काल सडक खुलाउन सकिने सम्भावना नरहेको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख डोर बहादुर थापाले जानकारी दिए । 
‘वर्षाका कारण सडकभन्दा धेरै माथिको भीरबाट पहिरो खसेकाको थियो । केहीदिन अघिनै धुले पहिरो खस्दै आएको थियो,’उनले भने । एक बर्ष अगाडि गरिएको सडक विस्तारका क्रममा कटिङ नमिलाइएका कारण पहिरोको जोखिम निम्तिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । 

प्रकाशित: १२ आश्विन २०७४ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App