७ वैशाख २०८१ शुक्रबार
समाज

काभ्रेपलाञ्चोकमा बोलेरो दुर्घटना , ६ को मृत्यु

धुलिखेल- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

मृतकको सनाखत हुन बाँकी छ । उनका अनुसार गाडीमा १७ जना सवार थिए । “घटनामा ६ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ”, थापाले भने।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ। घाइतेलाई उपचारका लागि काठमाडौँमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: १० आश्विन २०७४ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App