६ वैशाख २०८१ बिहीबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी- मोरङको बेलबारी नगरपालिका-११ स्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ४२१० नंको मोटरसाइकल आज बिहान १ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। 

 दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका–३ का ३९ वर्षीय अशोक राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ३ः३० बजे मृत्यु भएको हो । 
दुर्घटनामा मोटरसाइकल चालक मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–१ का १९ वर्षीय सनम तामाङ गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ । 
दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। रासस

प्रकाशित: १० आश्विन २०७४ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App