coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी

खोटाङ – पानीको मुहान संरक्षणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रिचार्ज पोखरी निर्माण गरिएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटार र दुर्छिममा वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो । 

सवल परियोजनाको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनूकुलन कार्यक्रम अन्तरगत च्यास्मीटारमा ५ वटा र दुर्छिममा ४ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो । नवकिरण सेवा समाज नेपाल दुर्छिमद्वारा सञ्चालित कार्यक्रमले च्यास्मीटारको सार्पामा प्रतिवटा ३५ हजारको लागतमा दुई वटा, दाल्फुमा २५ हजारको लागतमा एक वटा, पिपलटारमा ३३ हजार ५ सयको लागतमा एक वटा र पिपचाहीमा ३१ हजार ५ सयको लागतमा एक वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । यस्तै, दुर्छिमको रातमाटेमा १५ हजारको लागतमा एक वटा, मयांखुमा ४५ हजारको लागतमा एक वटा, काचुपात्लामा ४० हजारको लागतमा एक वटा र हैंदेमा ४० हजारको लागतमा एक वटा रिचार्ज पोखरी निर्माण गरिएको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनूकुलन कार्यक्रमका फिल्ड सुपरभाइजर प्रवीण राईले बताए । भएका पानीका श्रोत सुक्दै जान थालेपछि श्रोत संरक्षणको विकल्पमा जिल्लामा रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ । 

वर्षाको समयमा पोखरीभन्दा माथिबाट झर्ने पानीलाई पोखरीमा जम्मा गर्नका लागि कुलो समेत निर्माण गरिएको छ । भिरालो जग्गामा भलकारुपमा बग्ने र माटो कटान गर्ने पानीलाई पोखरीमा जमाएर हरियाली बढाउन र पानी सुसाउनका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो । पोखरीमा जम्मा भएको पानी गाईबस्तुलाई खुवाउन र घर निर्माणकाक्रममा हिलो मुछ्नका लागि समेत उपयोग गर्न सकिने जनाइएको राईले जनाए । 

जलवायु परिवर्तनको असरका कारण पानीको मुहान सुक्दै जान थालेपछि जिल्ला वन कार्यालयले रुपाकोट, नेर्पा र खार्मीको सिमानामा पर्ने देविथानगैरा तथा साप्सुधाप क्षेत्रमा ६ वटा पानी पोखरी निर्माण गरिसकेको छ । पानीको मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहानलाई सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी निर्माण गरिएको वन कार्यालयले जनाएको छ । 

प्रकाशित: ६ आश्विन २०७४ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App