coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फरार अभियुक्त ३७ वर्षपछि पक्राउ

लमजुङ – ३७ वर्षअघि ज्यान मार्ने उद्योगको दोषी प्रमाणित गर्दै जेल सजाय पाएपछि फरार भएका एक व्यक्ति अहिले पक्राउ परेका छन्।

साविक राईनास गाविस ४ मोहोरियाकोट हाल राईनास नगरपालिका ९ का ६० वर्षीय रेपबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशमा बुधबार जेल चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

राईनासकै सम्बरबहादुर थापाको जाहेरी अनुसार तत्कालिन घटनामा घाइते भएका भोजबहादुर थापा ४ महिना पछि मृत्यु भएपछि लमजुङ जिल्ला अदालतले २०३७ साल कात्तिक १३ गते ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष कैद सजाय हुने गरी फैसला गरेको थियो। उक्त फैसला पछि फरार थापालाई खोजतलासका क्रममा मंगलबार सुन्दरबजार नगरपालिका ९ भोटेओडार तल्लोबजार बाट प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए।

बुधबार जिल्ला अदालतमा उपस्थित गराइएकोमा सोहीदिन अदालतको आदेश अनुसार कैदभुक्तानका लागि जिल्ला कारागार चलान गरिएको पनि विष्टले बताए।

प्रकाशित: ५ आश्विन २०७४ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App