१५ चैत्र २०८० बिहीबार
समाज

‘तीन महिला हत्यामा संलग्न दोषी कहाँ छन्?’

खोटाङ– खोटाङका तीन महिलाको हत्या भएको महिनौं बित्दा पनि दोषी पत्ता नलागेको भन्दै सांसद पिके राईले आक्रोश पोखेका छन्। दशैँको अवसरमा नेकपा एमालेले बिहिबार पुष्पलाल स्मृति भवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सांसद राईले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्या भएको लामो समयसम्म दोषी पत्ता नलागेको भन्दै प्रशासन र प्रहरीप्रति असन्तुष्टि जनाएका हुन्।

छोटो समयमै तीन महिलाको हत्या भएको लामो समयसम्म दोषी पत्ता नलाग्दा पिडितले कानूनी शासनको अनुभूती गर्न नपाएको सांसद राईले बताए। ‘अहिले हामी नारीलाई शक्तीको प्रतिकमारुपमा मान्ने चाड दशैं मनाउन गइरहेका छौँ, तर, अहिले तिनै चेली असुरक्षित बनेका छन्,’ सांसद राईले भने, ‘मावली, माईती जानुपर्ने बेलामा त्रास सिर्जना भएको छ। रहस्यमय बनेको महिला हत्याका दोषीलाई पत्ता लगाउनका लागि प्रशासन र प्रहरीलाई सफलताको कामना छ ।’ 

चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था तथा खोटाङको समग्र मानव अधिकार सम्वन्धी असोज ३ गते दिक्तेलमा आयोजित अन्तर–सम्वाद कार्यक्रममा तीन महिलाको हत्या भएको महिनौं वित्दा समेत दोषी पत्ता नलागेको घट्नाप्रति राष्ट्रिय मानव अधिकार आयोगले पनि आवाज उठाएको थियो। 

सिमपानीस्थित होटलमा काम गर्दैआएकी रिता २०७३ साल माघ २६ गते बुधबार खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुसेऔंशी जंगलमा बाटोभन्दा करिब ४० मिटर तल भीरमा विभत्स अवस्थामा मृत फेला परेकी थिईन् । यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको जेठ १६ गते ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो।
यस्तै, देबी माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन साउन ५ गते मृत अवस्थामा फेला परेकी थिइन् । 

प्रकाशित: ५ आश्विन २०७४ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App