१५ चैत्र २०८० बिहीबार
समाज

डेढ दशकपछि जुम्ला पत्रकार महासंघको आफ्नै भवन

जुम्ला –  नेपाल पत्रकार महासंघ जुम्ला जिल्ला शाखाले स्थापनाको डेढ दशकपछि आफ्नै भवन निर्माण भएको छ। 
स्थानीय स्तरका सरकारी निकाय र स्थानीय निकायको सहयोगमा रु ६६ लाखको लागतमा दुईतले सात कोठे सो भवन निर्माण भएको हो। 

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले हिजो सो भवन उद्घाटन गर्दै कर्णालीमा निर्माण गरिएको प्रेसको यो पहिलो भूकम्प प्रतिरोधात्मक भवन भएको जानकारी दिए। 

समिति प्रमुख सार्कीले महासंघको साझा थलोमा आबद्ध सबै पत्रकारले मुलुक र जनताका लागि साझा चिन्तन लिएर काम गर्नुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पत्रकारका लागि भवन निर्माणले जिल्लाको सुशासन तथा विकासमा सहयोगी भूमिका निर्वाह हुने धारणा व्यक्त गरे। 

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकाया, पातारासी गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महतारा, महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागार्इं , महासंघका संस्थापक जिल्ला अध्यक्ष नरेन्द्रनाथ योगीलगायतले पत्रकारिताको विविध विषयमा चर्चा गरे। रासस 

प्रकाशित: २९ भाद्र २०७४ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App