७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली राजमार्ग अवरुद्ध हुँदा अस्पतालमा अक्सीजन अभाव

जुम्ला- साता अघिदेखि  कर्णाली राजमार्गमा सुख्खा पहिरो गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सीजन अभाव भएको छ । अक्सीजन ल्याएका सवारी पहिरो गएको स्थान दहिखोलामै थन्किएपछि अस्पतालमा अक्सीजन अभाव देखिएको हो ।

 अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनु परेको मेडिकल निर्देशक डा पुजन रोकायाले बताए ।  उनले विरामीको चाप बढ्दै गएको बेला पहिरोले अक्सीजन सिलिण्डर वाटोमै रोकिएको बताए। मगाइएका सबै सिलिण्डर दहि खोलाभन्दा अघि बढेका छैनन् । यहाँ स्टक भएका अक्सिजनमा मात्र दुई वटा बाँकी छन उनले भने, दुई वटा सिलिण्डर सकिएपछि अस्पतालमा आउने जस्तोसुकै विरामीलाई उपचार गर्न संभव नहुने अस्पतालले जनाएको छ ।  उनका अनुसार दुई/चार दिनभित्र अक्सिजन नआएमा बिरामी जिल्ला बाहिर पठाउनुपर्ने अवस्था अवस्था आउने संकेत मेडिकल डाईरेक्टर रोकायाले गरे।

 

प्रकाशित: २१ भाद्र २०७४ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App