८ वैशाख २०८१ शनिबार
समाज

नागार्जुनमा चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ

काठमाडौं—चोरी गरेर भाग्दै गर्दा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। सुन, ल्यापटप र नगद चोरेर भाग्दै गर्दा उनीहरु पक्राउ परेका हुन्।

नागार्जुन नगरपालिका १ देवनगरस्थित नबराज अधिकारीको घरको मुलगेटको लक र २ कोठाको ढोका फुटाई दराजको सुन, ल्यापटप एवं ९७ जहार रुपैयाँ चोरी भाग्दै गर्दा घरधनीले थाहा पाएका थिए।

चोरी भएको थाहा पाउनासाथ अधिकारीले होहल्ला गरेपछि दोलखा सैलुङ–८ घर भएका ३३ वर्षीय वीरबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने २६ वर्षीय दावा तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १४ भाद्र २०७४ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App