१६ चैत्र २०८० शुक्रबार
समाज

पुल अभावले जाजरकोट यात्रा जोखिमपूर्ण

सल्यानको सल्लीवजार स्थित बनगार खोलामा यात्रुवहाक जीप जाजरकोट तर्फ जाने क्रममा। तस्बिर: जनक केसी

जाजरकोट-  सरकारले खोलामा बनाउने भनिएका मोटरेवल पुल लामो समय सम्म नवन्दा  जाजरकोट जाने र जाजरकोटवाट बाहिर जाने यात्रुहरुलाई सास्ती हुने गरेको  छ । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको सल्लीबजार देखि जाजरकोट खलंगा सम्म रहेका आधा दर्जन खोलामा सडक विभागले पुल नबनाएपछि अहिले वर्षातका बेला उक्त सडकमा यात्रा गर्ने सयौं यात्रुहरुले निकै कष्टका साथ जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् । सडकमा ओटासिल कालेपत्रे भएपनि खोलामा पुल नवन्दा यात्रुहरुले ज्यानको वाजी लगाएर सडक यात्रा गर्ने गरेका छन्। अविरल वर्षातका वेला खोला अत्यधिक वढिरहेको र गाडीहरु वारपार गर्न समस्या परेका कारण यात्रुहरु कष्टपुर्ण मात्र होइन महंगो गाडीभाडा तिर्न वाध्य भएको भेरी नगरपालिका ४ का दिपेन्द्र शर्माले बताए। केहि खोलाहरुमा पुल बनेपनि धेरै खोलाहरुमा पुल नवन्दा यात्रा निकै जोखिमपुर्ण र कष्टपुर्ण हुने गरेको शर्माको भनाई छ।  

खोला बढेका कारणबीच बीचमा   गाडी फर्ने समस्या मात्र होइन खोलाले मान्छे बगाउने समस्या समेत रहेको स्थानीयको दुखेसो छ। गाडी बगाउने सम्मका खोलाहरु आउन थालेपछि  यो सडकको यात्रा निकै जोखिमको भएको यातायात व्यावसायी विवसविक्रम शाहले बताए। उनले विभिन्न खोलामा पुल निर्माणको जिम्मा लिएका ठेकेदार र सरोकारवाला निकायले चरम लापरवाहि गरेका कारण जनताले जोखिमपुर्ण यात्रा गर्न वाध्य भएको बताए । अहिले सल्यानको सल्लीवजार स्थित बनगार खोला, सुर्खेतको गोजीखोला,कालीखोला,जाजरकोटको सिम्लीखोला,पासागाड खोला,लगाएतका आधा दर्जन वढी स्थानमा पुल नभएका कारण ठूलो जोखिम मोलेर स्थानीयहरुले यात्रा गर्ने गरेका छन्। खोलाकै कारण यात्रामा ढिलाइ मात्र होइनबीच खोला र जंगलको क्षेत्रमा यात्रुहरु अलपत्र समेत हुने गरेका छन् । २० वर्ष अघि निर्माण भएर कालोपत्रे समेत भइसकेको  उक्त सडक अहिले विभिन्न खोलाहरुमा पुल नभएकै कारण  अपुरो जस्तै भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । उनले सडकमा जनताले ज्यानको वाजी लाएर कष्टपुर्ण यात्रा गर्न थालेको लामो समय वितिसक्दा पनि सरोकारवाला निकाय सडक विभाग र ठेकेदारहरु मौन वसेकोमा निकै दुख लागेको बताए । सडक विभागकै कम्जोरीले गुणस्तरहिन सडक निर्माण हुने गरेको उनको गुनासो छ ।  उता सरोकारवाला निकाय सडक डिभीजन कार्यालयहरुले भने यस वारे काम भइरहेको भन्ने मात्र जवाफ आउने गरेको छ । सडक डिभीजन कार्यालय चौरजहारीका प्रमुख आशीष थापा मगरलाई यस बारेमा बुझ्न बारम्वार फोन गर्दा  पनि उनले फोन उठाएनन्। स्थानीयले दर्शाएको समस्या र मागप्रति सडक डिभीजन कार्यालयले चासो नदिने गरेको स्थानीयवासीको गुनासो छ ।          

प्रकाशित: १२ भाद्र २०७४ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App