१६ चैत्र २०८० शुक्रबार
समाज

राहत माग गर्दै बाढी पीडितद्वारा रौतहट प्रशासन घेराउ

रौतहट-  बाढीबाट पीडितहरुले रातह नपाएको भन्दै तत्काल राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले राहत वितरणमा भेदभाव गरी पीडितलाई बेवास्ता गरेको भन्दै रौतहटको दुर्गा भगवती गाउँपालिका स्थानीयहरुले आईतवार जिल्ला प्रशासन कार्यालयको मुलगेट घेराउ गरी प्रदर्शन गरेका हुन्।  

जिल्ला दैवी प्रकोप उद्धार समिति एवं नेपाल रेडक्रस सोसाइटीले दर्गा भगवती गाउँपालिका को अधिकांश वडाका बस्तविक पीडित परिवारलाई राहत नदिई क्षति नभएको तथा बाढीबाट प्रभावित नभएका परिवारलाई मात्रै राहत वितरण गरेको आरोप लगाउँदै प्रर्दशन गरेका हुन्।

झण्डै १ घण्टा सम्म बाढी पीडित जनताहरु जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै राहतमा भेदभाव गर्न पाइदैनन्, दोषि कर्मचारीलाई कारवाही गर, बास्तविक बाढी पीडितलाई राहत देऊ लगायतका नारा लगाउँदै सो गाउँका सयौं स्थानीयले दुवै कार्यालयको मुख्य गेटमा घेराउ गरेर प्रदर्शन गरेका थिए।

नेपाली कांग्रेसबाट दुर्गा भगवतीका नेता अरुण साह, माओवादी केन्द्रका शम्भु सिंह, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य रोशन झा सहितका नेताहरुले हालै बाढीको मारबाट आक्रान्त भएका जनताहरु सरकारी निकायहरुबाट राहत वितरण गर्दा हचुवा तथा भेदभाव भएको भन्दै प्रशासन कार्यालय घेराउ गर्न गौर आएको बताए।

राहतको विषयमा प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापालाई पटक पटक जानकारी गराएपनि वास्ता नगरेकोले प्रदर्शनमा उत्रिन बाध्य भएको स्थानीय विकास महतोले बताए। प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जति मात्रामा माथिबाट सामग्रीहरु आए त्यही अनुपातमा प्रत्येक गाउँपालिका तथा नगरपालिकामा पठाइएको जवाफ दिंदै कर्मचारीको कुनै दोष नभएको बताए।

प्रकाशित: ११ भाद्र २०७४ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App