३१ असार २०७७ बुधबार
समाज

ट्रकको ठक्करबाट एकको मृत्यु ,दुई घाइते

चितवन – भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना३प ७२३९ नंको मोटरसाइकललाई विहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापाको मृत्यु भएको हो । मोटरसाइकल चालक उनका श्रीमान् ४६ वर्षीय मानबहादुर थापाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमाया बुढाथोकी सामान्य घाइते भएकी छिन्। घाइते दुवैको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रकाशित: ८ भाद्र २०७४ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App