७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार महासंघको मतगणना सुरु

प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतगणना।

काठमाडौं—नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ। पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि नेपाल प्रज्ञा प्रतिष्ठानमै गणना सुरु भएको हो। मतगणना ६ स्थानमा गर्ने तय भएको छ। ६ वटै ठाउँमा मतपेटिका खोलिएको छ।

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि ४ बजेसम्म मतदान भएको थियो। मतदानमा १ हजार ४४९ मत खसेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए। महासंघका कूल १ हजार ५०८ मतदाता थिए।

प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान गरिएकोले त्यही अनुसार गणना हुनेछ। पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिसहित पचास सदस्यका लागि मतदान भएको हो।

महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा गोविन्द आचार्य, तीर्थ कोइराला, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही प्रतिस्पर्धामा छन्।

प्रकाशित: ५ भाद्र २०७४ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App