१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समस्या

तेह्रथुम –जिल्ला अस्पाल तेह्रथुममा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनसँगै बिरामी भएर आउनेहरूको संख्या समेत बढेको अस्पतालले जनाएको छ । 

अस्पतालमा नियमित चेकजाचका लागि मात्र सयौंको सख्यामा बिरामी आउने गरे पनि अहिले बिरामीहरूलाई राख्नका लागि बेडको अभाव हुन थालेको छ । १५ शैयाको अस्पतालमा बिरामी अत्यधिक आउन थाले पछि बिरामीहरूलाई व्यवस्थापन गर्न समस्या हुने गरेको अस्पताल श्रोतले जनाएको छ ।

अस्पताल आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामी धेरै आउने गरेको डाक्टर रोहित कुमार झाले बताए । उनका अनुसार लगातारको वर्षा पछि मौसम परिवर्तन हँुदा बिरामीको संख्या बढेको हो ।

पछिल्लो समय जिल्ला अस्पतालमा आवश्यक दरबन्दी अनुसारका डाक्टरको व्यवस्था गरिएपछि सेवा सुविधा समेत वृद्धि भएको भन्दै उपचार गराउन आउनेहरूको संख्या बढेको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालको सरफाइ र सेवा सुविधा समेत वृद्धि गरिएपछि अस्पतालको गुमेको साख फर्किएको नागरिकहरूले बताउने गरेका छन् । 

 

प्रकाशित: ४ भाद्र २०७४ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App