७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले स्थानीय तहका उम्मेदवारलाई आर्थिक भार

बारा- असोज २ गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा विभिन्न पार्टीबाट गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदमा  चुनाव लड्ने आकांक्षी उम्मेदवारको बाढीपिडितलाई राहत दिँदा आर्थिक भार थपिएको छ।

'बाढीले डुबानमा परेपछि भेाट दिने मतदाता अहिले घरवारबिहीन बनेका छन्,' नेता यादवले भने, 'पिडित जनता भेट्न जाँदा खाली हात नगएर खाद्यन्न दिने गरेका छौं।'

बाढीका कारणले डुबानमा परेको बस्तीका स्थानीयलाई भेट्न जाँदा उम्मेदवार बनेकाहरूले चामल, चिउरा र चाउचाउलगायतका खाद्यान्न सामग्री दिनुपर्ने बाध्यताले गर्दा  उनीहरूको आर्थिक भार बढेको हो।

डुबानमा परेका एउटा स्थानीय तहमा विभिन्न टोलबासीलाई राहत समग्री वितरण गर्दा एउटा पार्टीका उम्मेदवारल्ााई आठ लाख भन्दा बढी आर्थिक भार हुने अवस्था आएको उम्मेदवारका आकांक्षीले बताएका छन्।

वर्षा र बाढीले ढुवानमा परेका जिल्ल्ााको मध्य भागमा पर्ने महागढीमाई नगरपालिकामा विभिन्न पार्टीका संभावित उम्मेदवारलाई राहत वितरण गर्दा आर्थिक भार बढेको छ।

११ वटा वडामा रहेको महागढीमाई नगरपालिककामा ५६ हजार जनसंख्या रहेको छ।

नेपाली कांग्रेसका तर्फबाट महागढीमाई नगरपालिकाको मेयर पदको उम्मेदावर बनेका उपेन्द्र यादवले डुबानमा परेका नगर क्षेत्रका स्थानीयलाई चामल, चिउरा र चाउचाउलगायत खाद्यन्न सामग्री दिनहुँजसो व्यक्तिगत खर्चबाटै बाँड्दै आएको बताए।

'बाढीले डुबानमा परेपछि भेाट दिने मतदाता अहिले घरवारबिहीन बनेका छन्,' नेता यादवले भने, 'पिडित जनता भेट्न जाँदा खाली हात नगएर खाद्यन्न दिने गरेका छौं।'

बाढीले डुबानमा परेका नगरपालिकाभित्रका बिभिन्न बस्तीमा बुधबारसम्म सात सय  घर परिवारलाई  ८० क्विन्टल चामल, २५ बोरा चिउरा र ८० काटुन भन्दा बढी चाउचाउ वितरण गरिएको मेयरका उम्मेदवार यादवले बताए।

'बाढीपीडितलाई राहत वितरण गर्दा बुधबारसम्म पाँच लाख भन्दा बढी रकम खर्च भएको छ,’ नेता यादवले भने 'खर्च भएको रकमका लागि पार्टीका उपमेयर र वडा अध्यक्षका उम्मेदवारसँग पनि सहयोग लिएका छांै।’

कांग्रेसका उम्मेदवारले वितरण गरिरहेको राहत जस्तै संघीय समाजवादी पार्टीबाट मेयरका उम्मेदवार बनेका श्रद्धाशंकर साह कलवारलेसमेत बस्ती महागढीमाई नगरपालिकाका विभिन्न टोलमा राहत वितरण गरिरहेका छन्।

मेयरका उम्मेदवार साहले  घर डुबानमा परेका परिवारलाई चामल, चिउरा, चाउचाउ र कसैकसैलाई त्रिपालसमेत आफ्नै रकम खर्च गरी वितरण गरिएकाो बताए।

बाढीपिडितलाई वितरण गरी रहेको राहत सामग्री चामल, चिउरा, चाउचाउ र त्रिपालमा गरी पाँच लाख भन्दा बढी रकम साहले खर्च गरिसकेको उनका आफन्तले बताएका छन्।

महागढीमाई नगरपालिकाको राष्ट्रिय जनता पार्टीबाट मेयरको उम्मेदवार बन्ने चर्चा चलेका  रामचन्द्र साह र माओवादी पार्टीबाट मेयरमा पदमा चुनाव लड्ने चर्चा चलेको रामबावु यादवलेसमेत दिनहुँ बाढीपिडितलाई निजी तवरबाटै राहत सामग्री वितरण गरिरहेका छन्।

राहत वितरणमा आर्थिक भार परेको भन्ने प्रश्नमा कांग्रेसका मेयर उम्मेदवर उपेन्द्र यादवले अन्य पार्टीका उम्मेदवारले बाढीपिडितलाई चामल, चिउरा, चाउचाउलगायतका सामग्री वितरण गरिहेको बताए। उनले आफूहरूले पैसा खर्च भएको नहेरी भोट दिने जनतालाई राहत हुने कार्य मात्रै गरेको तर्क गरे।

महागढीमाई नगरपालिकाको जस्तै कलैया उपमहागरपालिका, सिम्रौनगढ नगरपालिका लगायतका डुबानमा परेको अधिकांश स्थानीय तहको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदमा चुनाव लड्ने उम्मेदवार बनेकाले राहत बितरण गर्ने कार्यमा लाखांै रुपैयाँ खर्च गरिरहेका छन्।

वर्षा र बाढीको पानीले डुबानमा परेका जनतालाई स्थानीय प्रशासन भन्दा सो क्षेत्रबाट स्थानीय तहमा चुनाव लडन कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता दललगायतका उम्मेदवारले राहत वितरण गर्न सुरु गरेको स्थानीयले बताएका छन्।

जिल्ल्ााका विभिन्न स्थानीय तह कलैया उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, देवदाल गाउँपालिका, सर्वणपुर गाउँपालिका  विभिन्न स्थानको गरी १२ सय घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७४ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App