१६ चैत्र २०८० शुक्रबार
समाज

बाढी पीडितलाई राहत वितरण

बर्दिया- बबई बाढीवाट विस्तापित परिवारलाई हेफर इन्टरनेशनले राहत स्वरुप खाद्यान्न वितरण सुरु गरेको छ। दैविक प्रकोप उद्धार समितिको समन्वयमा हेफर इन्टरनेशनल बाढीबाट विस्थापित परिवार आश्रय स्थलमा खाद्य समाग्री राहत वितरण गरेको हो।

३ हजार ३ सय ४५ परिवारलाई खाद्य सामग्री विस्थापित सहकारीमार्फत् वितरण गरेको हेफरका क्षेत्रीय प्रमुख दूर्गा केसीले बताए। थपुवा, कोठिया, सुरजपुर, खैरी, पाताभार हेफर इन्टरनेशनलको सहयोगमा स्थानीय सहकारीमार्फत् प्रतिपरिवार १० केजी चामल, ढाई लिटर तेल, १ पोका नुन वितरण गरिरहेको छ।

हेफरका कर्मचारी शोभाकान्त पौडेलले थपुवा, बासगढिको डेउढा र गुलरिया नगरपालिका बाढी ग्रस्त ठाउँमा राहत वितरण गरेको बताए। हेफरले २०७१ मा बबईबाट विस्थापित परिवार पनि राहत रुवरुप खाद्य सामाग्री वितरण गरेको थियो।

 

प्रकाशित: ३ भाद्र २०७४ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App