coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उद्घाटनको तयारीमा रहेको पेट्रोल पम्पमा पहिरो

उद्घाटन तयारीमा रहेको पेट्रोल पम्प । तस्बिर : भगिश्वर लिम्बु

तेह्रथुम – म्याङलुङ  नगरपालिका १० स्थित गढी जंगल नजिकै रहेको साब्लामा निर्माणधिन पेट्रोल पम्पलाई पहिरोले क्षति पुर्‍याएको छ । लगातारको वर्षाले पेटोलपम्प नजिकै पहिरो जाँदा करिब ११ लाख बढीको क्षति भएको हो ।

पहिरोका कारण पेट्रोल पम्पको नवनिर्मित दुई कोठे भवन पुरिएको छ । पक्की भवन पुरिए पछि करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको पेट्रोल पम्पका प्रोपाइटर शेखर सुबेदीले बताए । उनका अनुसार जिल्लामै पहिलो पटक निर्माण गर्न लागिएको पेट्रोल पम्प पहिरोका कारण समयमै उद्घाटन समेत गर्न नपाइने भएको छ । 

यही भदौको दोश्रो हप्ता औपचारिक उद्घाटन गर्ने उद्देश्यले निर्माण भैरहता पनि पहिरोले निर्माणधिन संरचना पुरिएपछि पुनः भवन निर्माण गर्नु पर्ने भएको छ । स्थानीय युवा सुवेदीले मध्य पहाडी लोकमार्गले छोएको उक्त स्थानमा  करिब दुई करोड लगानीमा  ९ रोपनी जग्गामा निर्माण सुरु गरेको पेट्रोल पम्प पहिरोका कारण क्षति भए पछि उद्घाटन गर्न समय लाग्ने भएको छ । जिल्लामा  बढ्दो सवारी चापलाई लक्षित गरेर निर्माण गरिएको तेह्रथुम पेट्रोल पम्प पहिलो पटक स्थापना हुन लागेको हो।

मध्य पहाडी लोकमार्ग यही बाटो भएर जाने भए पछि पहाडी जिल्लामा ६० हजार लिटर क्षमताको पेट्रोल पम्प निर्माण गरिए पछि स्थानीय युवाहरुले समेत रोजगारी पाएको स्थानीय लाल बहादुर खत्रीले बताए । उनका अनुसार पेट्रोल पम्प स्थापना भए सँगै आसपासका जग्गाहरूको मूल्य समेत बढेको छ । जग्गाको मूल्य बढेसगै अहिले यहाँ बजारको समेत बिस्तार हुन थालेको स्थानीय पवन पोख्रेलले बताए । अहिले जिल्लामा सवारीसाधनको चाप समेत दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रकाशित: १ भाद्र २०७४ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App